आइतबार, भाद्र २८ गते २०८३
images

क्रिकेटर क्विन्टन डी ककले टेष्टबाट लिए संन्यास

एक्सप्रेस पाना
पौष १६, २०७८ शुक्रबार
  • 311
    SHARES
  • क्रिकेटर क्विन्टन डी ककले टेष्टबाट लिए संन्यास

    एजेन्सी । दक्षिण अफ्रिकी विकेट किपर तथा ब्याटर क्विन्टन डी ककले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । बिहीबार घरेलु टोली भारतसँग सेन्चुरियन टेस्टमा ११३ रनले पराजित भएपछि डी ककले यो निर्णय गरेका हुन् । 

    images

    सेन्चुरियन शृंखलाको पहिलो टेस्टमा डी ककले ३४ र २१ रन जोडेका थिए । ‘मेरो भविष्य कस्तो हुन्छ भन्नेबारे सोच्न धेरै समय लगाएको छु,’ डी ककले भनेका छन् । दक्षिण अफ्रिकाबाट ५४ अन्तर्राष्ट्रिय टेस्ट खेलेका डी ककले ३३०० रन बनाएका थिए । 

    ‘भारतविरुद्धको आगामी टेस्टका लागि टोलीलाई शुभकामना । अब हामी एकदिवसीय र टी(२० मा भेट्ने छौं,’ २९ वर्षीय डी ककले भने । 

    images