सोमबार, कार्तिक १७ गते २०८३
images
images

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने तयारी 

एक्सप्रेस पाना
श्रावण १७, २०७८ आइतबार
  • 458
    SHARES
  • माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने तयारी 

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ। बैठक आज आइतबार बिहान ११ बजे पेरिसडाँडामा बस्ने गरी बोलाइएको एक नेताले बताए। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने उनको भनाइ छ।

    images

    बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुंगो लगाउने जनाइएको छ। यसअघि शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको थियो। सो अवसरमा केही दिनभित्रै सत्ता साझेदार दलबीच छलफल गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति भएको जनाइएको छ।

    असार २९ गते प्रधानमन्त्रीमा शपथ लिएका देउवाले हालसम्म पनि सरकारलाई पूर्णता दिन नसकेको भन्दै उनको आलोचना हुन थालेको छ।

    images