सोमबार, कार्तिक १७ गते २०८३
images
images

‘दबंग ४’मा राजनेता बन्दै सलमान खान 

एक्सप्रेस पाना
पौष १६, २०७८ शुक्रबार
  • 548
    SHARES
  • ‘दबंग ४’मा राजनेता बन्दै सलमान खान 

    पुस १६ काठमाडौं । बलिउड अभिनेता सलमान खानको सुपर कप ड्रामा ‘दबंग’को हरेक सिक्वेल फ्यान र दर्शकका लागि मनोरञ्जनपूर्ण बनिरहेको छ । यही कारण ‘दबंग’, ‘दबंग २’, ‘दबंग ३’पछि सलमान ‘दबंग ४’ लिएर आउँदैछन् । नयाँ वर्ष २०२२ को छेकोमा ‘दबंग ४’को विषयमा नयाँ तथ्य बाहिर आएको छ ।

    images

    यसअघि तीन संस्करणमा प्रहरीको भूमिकामा देखिएका सलमान ‘दबंग ४’मा राजनेताको चरित्रमा देखिँदैछन् । फिल्मको निर्देशक तिग्मांशु धुलिया निर्देशन गर्दैछन् । उनले नै फिल्मको स्क्रिप्टको काम पनि गरिरहेका छन् ।

    अभिनेता सलमान र अरबाज खानले तिग्मांशूले सुनाएको प्रारम्भिक कथालाई मन पराएपछि तिग्मांशुले यसको स्क्रिप्ट फाइनलको तयारी गरिरहेका छन् । स्क्रिप्टको विस्तृत विषय सार्वजनिक नगरे पनि तिग्मांशु निकट स्रोतका अनुसार फिल्ममा सलमानलाई राजनीतिमा प्रवेश गराइनेछ । जसकारण दर्शकले मनोरञ्जनको डबल डोज पाउने अनुमान गरिएको छ ।

    images

    हाल सलमान ‘टाइगर ३’को सुटिङ पूरा गर्न कम्मर कसेर लागेका छन् । यसपछि उनी ‘कभी ईद कभी दीवाली’मा व्यस्त हुनेछन् । सलमान सन् २०२२ को अन्त्यसम्ममा ‘दबंग ४’को सुटिङ सकाउने तयारीमा छन् ।