आइतबार, भाद्र २८ गते २०८३
images

अग्रता जोगाउन नसक्दा आर्मी एपीएफसँग बराबरीमा रोकियो, आर्मीको उपाधि दाबेदारी कमजोर

एक्सप्रेस पाना
पौष १६, २०७८ शुक्रबार
  • 490
    SHARES
  • अग्रता जोगाउन नसक्दा आर्मी एपीएफसँग बराबरीमा रोकियो, आर्मीको उपाधि दाबेदारी कमजोर

    पुस १६ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मार ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत आजबाट सुिरु भएको सातौं राउण्डको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले एक एक गोलको बराबरी खेल्दै अंक बाढेका छन् । उक्त बराबरपछि सहिद आर्मीको उपाधि दाबेदारी कमजोर बनेको छ । 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सातौँ चरणको पहिलो खेलमा लिएको अग्रता चार मिनेट पनि टिकाउन नसक्दा आर्मी अंक बाढ्न बाध्य भएको हो । 

    स्ट्राइकर जर्ज प्रिन्स कार्कीले ६३औं मिनेटमा गरेकोे गोलबाट आर्मीले अग्रता लिएको थियो । सबिन थापाले बक्स बाहिर जर्जलाई रोक्न नसक्दा त्यही मुभमेन्टमा जर्जले बललाई पोस्टको दिशा दिए । जापानीज गोलरक्षक युया कुरियानाले समेत बललाई ठम्याउन सकेनन् र बलले जाली चुम्यो । 

    images

    No description available.

    तर त्यसको चार मिनेटपछि नै एपीएफ खेलको लयमा फर्कियो ।  आर्मीका गोलकिपर विकेश कुथुले नविन लामाको प्रहार नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई विकीले  पोस्टको दिशा दिएका थिए ।  खेलमा दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । 

    उक्त बराबरीसँगै आर्मीले ७ खेलबाट ११ अंकसहित चौथो स्थानमा छ । एपीएफको भने समान खेलमा ६ अंकसहित ११ औं स्थानमा छ । आर्मीको यो लगातार तेस्रो बराबरी हो । पाँचौँ चरणमा सातदोबाटो युथ क्लबसँग अंक बाँडेको आर्मीले छैटौं चरणमा थ्री स्टार क्लबसँग अंक बाँडेको थियो ।
    शुक्रबार नै हुने दोस्रो खेलमा न्युरोड टिम एनआरटीले फ्रेन्डस क्लबको सामना गर्दै छ ।