आइतबार, भाद्र २८ गते २०८३
images

रोमाञ्चक खेलमा फ्रेण्ड्माथि एनआरटीको जित

एक्सप्रेस पाना
पौष १६, २०७८ शुक्रबार
  • 428
    SHARES
  • रोमाञ्चक खेलमा फ्रेण्ड्माथि एनआरटीको जित

    पुस १६ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत सातौं चरणको दोस्रो खेलमा एनआरटी विजयी भएको छ ।

    images

    शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा एनआरटीले फ्रेण्ड्समाथि ३-२ गोलको रोमाञ्चक जित निकालेको हो ।

    पहिलो हाफमा २-० गोलको अग्रता बनाएको एनआरटीले दोस्रो हाफमा १ गोल गर्दा २ गोल व्यहोर्नुपरेको थियोे ।

    images

    एनआरटीकाे जितमा मेसुके ओलोमोउले २ तथा स्टेफिन बिनोङले १ गोल गरेपछि एनआरटीले दोस्रो जित निकाल्यो । फ्रेन्ड्सका जामोल फ्रांकोइस र नाथनियल गार्सियाले समान १/१ गोल गरे ।

    उक्त जितसँगै ७ खेलबाट १० अंक जोडेको एनआरटी पाँचौं स्थानमा उक्लिएको छ । समान खेलमा मात्र ३ अंक जोडेको फ्रेन्डस भने अन्तिम स्थानमा छ ।

    लिग अन्तर्गत शनिबार ३ खेल हुनेछ । पहिलो खेलमा जावलाखेल यूथ क्लब र थ्री स्टार तथा दोस्रो खेलमा च्यासल यूथ क्लब  र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै पोखरामा मनाङ मर्स्याङ्दी क्लब र ब्रीगेड ब्वाइज भिड्नेछन् ।