बिकाश भट्टराई / पुस १७ दाङ । दाङ जिल्ला क्रीकेट संघले राजविर सिंहको कप्तानिमा लुम्बिनी प्रदेश छनोट खेल्ने दाङ जिल्ला टिमको १४ सदस्य टोलिको नामसहित ४ बैकल्पिक खेलाडीको नाम घोषणा गरेको छ । ३ दिनको अभ्यास खेल पछि उक्त खेलाडी हरुको अन्तिम नामावली तयार पारिएको हो ।
दाङको टोली : राजबीर सिंह (कप्तान), सुशान्त सिंह थापा (उप कप्तान) बिराट सिंह भण्डारी,(विकेट कीपर), शिशिर डि सी, आशीष वली, तुल बहादुर थापा, सन्देश पाण्डे, मनोज पुन, बिर बहादुर घर्ती, मोहन खत्री, करण घर्ती मगर, शंकर बुढा, अमित तामाङ, अनुप न्योपाने रहेका छन ।
यस्तै बैकल्पिक खेलाडीहरुमा निराजन केसी, सुमन दासौदी, भोजराज खत्री, रामवरण यादव रहेका छन् भने प्रशिक्षकमा सन्जु छेत्री र टिम ब्यबस्थापकमा बाल कृष्ण खत्री रहेका छन् ।


