आइतबार, भाद्र २८ गते २०८३
images

जावलाखेलमाथि थ्री स्टारको जित

एक्सप्रेस पाना
पौष १७, २०७८ शनिबार
  • 504
    SHARES
  • जावलाखेलमाथि थ्री स्टारको जित

    पुस १७ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ मा थ्री स्टार क्लबले जित निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा थ्री स्टारले जवालाखेल युथ क्लबमाथि २-१ गोल अन्तरको जित निकालेको हो ।

    images

    थ्री स्टारको जितमा आयुष घलान र ऋतिक कुमार खड्काले १/१गोल गरे । यता जावलाखेलका लागि निकोलस फर्नान्डेसले १ गोल फर्काए ।

    खेलको सातौं मिनेटमा आयुषले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २६औं मिनेटमा ऋतिकले गोल गर्दै पहिलो हाफमा थ्री स्टारलाई २-० को अग्रता दिलाएका हुन् । दोस्रो हाफमा जवालाखेलले १ गोल फर्कायो । निकोलसले ५५ औं मिनेटमा गोल गर्दै जावलाखेललाई २-१ को स्थितिमा ल्याएका थिए ।

    images

    उक्त जितसँगै थ्री स्टारको दोस्रो जित निकाल्दै पाँचौं स्थानमा उक्लिएको छ । उसको थ्री स्टारले ७ खेलमा १० अंक जोडेको छ ।यता जावलाखेल पनि समना ७ खेलबाट ७ अंकसहित नवौं स्थानमा रहेको छ ।