आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : च्यासल र संकटाले अंक बाँडे

एक्सप्रेस पाना
पौष १७, २०७८ शनिबार
  • 585
    SHARES
  • ए डिभिजन लिग : च्यासल र संकटाले अंक बाँडे

    पुस १७ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत सातौं चरणको पाँचौ खेलमा च्यासल युथ क्लब र संकटा फुटबल क्लबले बराबरी खेलका छन् ।

    images

    शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा च्यासल र संकटा गोलरहित बराबरीमा रोकिएका हुन् ।

    खेलमा दुबै टोलीले केही राम्रो अवसर सिर्जना गरेता पनि गोल भने गर्ने सकेनन् । उक्त बराबरी सँगै संकटाले ७ खेलबाट १३ अंक बनाउँदै तेस्रो स्थानमा यथावत् रहेको छ । त्यस्तै च्यासल भने समान खेलबाट ५ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

    images