सोमबार, कार्तिक १७ गते २०८३
images
images

भारतमा कोभिडः एकै दिन २७ हजार ५५३ संक्रमित, मास्क नलगाउनेलाई जरिमाना

एक्सप्रेस पाना
पौष १८, २०७८ आइतबार
  • 476
    SHARES
  • भारतमा कोभिडः एकै दिन २७ हजार ५५३ संक्रमित, मास्क नलगाउनेलाई जरिमाना

    एजेन्सी । भारतमा फेरि कोभिड संक्रमण बढेको छ । आईतबार एकै दिन २७ हजार ५५३ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा २८४ जनाको कोभिडका कारण मृत्यु भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।

    images

    भारतमा अझै पनि एक लाख २२ हजार ८०१ जना सक्रीय संक्रमित छन् ।  देशका प्रमुख सहरमा कोभिडबाट संक्रमितकाे संख्या बढेकाे छ ।  दिल्लीमा शनिबार दुई हजार ७१६ जनामा संक्रमण देखिएको छ । यो पछिल्लो सात महिनापछि अहिलेसम्मकै ठूलो संख्या हो ।

    त्यस्तै, मुम्बईमा ६ हजार १८० जना नयाँ संक्रमित भेटिएका छन् भने कर्नाटकमा एक हजार ३३ जनामा संक्रमण देखिएको छ ।

    images

    भारतमा ओमिक्रोन संक्रमितको संख्या एक हजार ५२५ पुगेको छ । ओमिक्रोनबाट सबैभन्दा बढी महाराष्ट्र र दिल्ली प्रभावित भएका छन् । नयाँ संक्रमणबाट अहिलेसम्म ५६० जना निको भएका छन् । यसैबीच, कोभिड बढेपछि तेलंगनामा नयाँ प्रतिबन्ध लागु गरिएको छ । तेलंगनामा मास्क नलगाउनेलाई एक हजार भारु जरिमाना तोकिएको छ ।