सोमबार, कार्तिक १७ गते २०८३
images
images

कोभिड र खराव मौसमले एकै दिन विश्वभर ४४ सय उडान रद्द

एक्सप्रेस पाना
पौष १८, २०७८ आइतबार
  • 491
    SHARES
  • कोभिड र खराव मौसमले एकै दिन विश्वभर ४४ सय उडान रद्द

    एजेन्सी । कोभिड संक्रमण र खराब मौसमका कारण शनिबार विश्वभर करिव चार हजार ४०० उडान रद्द भएका छन् । रद्द भएकामध्ये आधाभन्दा बढी अर्थात दुई हजार ५०० उडान अमेरिकामा भएको  एअर ट्राफिक साइट फ्लाइटअवेरले जनाएको छ । 

    images

    कोभिड संक्रमितको संसर्गमा रहका वायुसेवाका कर्मचारी क्वारेन्टिनमा बस्दा समस्या अझै जटिल बनेको फ्लाइटअवेरले जनाएको छ । त्यस्तै, हिमपातलगायत प्रतिकूल मौसम उडानमा अर्को बाधक बनेको थियो । चाइना इस्टर्नले ५०० र एयर चाइनाले २०० भन्दा बढी उडान रद्द गरेको थियो । 

    अमेरिकामा साउदवेस्टले ४५० उडान रद्द गरेको थियो । त्यस्तै, अमेरिकन एयरलाइन्स र डेल्टा एयरले २०० तथा युनाइटेड एयरलाइन्सले १५० भन्दा बढी उडान रद्द गरेको थियो ।
     

    images