आइतबार, भाद्र २८ गते २०८३
images

पुलिसलाई हराउँदै मछिन्द्रले बनायो एएफसी कप-२०२२ को छनोटमा स्थान 

एक्सप्रेस पाना
पौष १८, २०७८ आइतबार
  • 525
    SHARES
  • पुलिसलाई हराउँदै मछिन्द्रले बनायो एएफसी कप-२०२२ को छनोटमा स्थान 

    पुस १८ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत सातौं राउन्डको खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ ।

    images

    उक्त जितसँगै मछिन्द्रले एएफसी कपको छनोट खेल खेल्न भएको छ ।

    आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र फुटबल क्लबले नेपाल पुलिस क्लबमाथि १-० गोलको कठिन जित निकालेको हो ।

    images

    मछिन्द्रको जितमा सुनिल बलले गरेको एक मात्र गोल नै निर्णयक बन्यो । उनले खेलको २२औं मिनेटमा गोल गरेका थिए । जारी लिगमा सुनिलको यो पाँचौं गोल हो । उनी सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छन् ।

    गत सिजन मछिन्द्र लिग च्याम्पियन भए पनि एएफसी क्लब लाइसेन्स नहुँदा त्यसबाट वञ्चित भएको थियो । क्लब लाइसेन्स पाएको दोस्रो स्थानको आर्मीले सोही प्रतियोगितामा स्थान बनाएको थियो । 

    उक्त जितसँगै मछिन्द्रले एएफसी कपको छनोट खेल खेल्न भएको छ । उसले ७ खेलमा १७ अंक बनाएउँदै शीर्ष स्थानमा उक्लिएको हो ।यता नेपाल पुलिसको भने समान खेलबाट ६ अंकसहित १०औं स्थानमा रहेको छ ।