आइतबार, भाद्र २८ गते २०८३
images

सुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुल चेल्सीसँग रोकियो, सिटीलाई फाइदा 

एक्सप्रेस पाना
पौष १९, २०७८ सोमबार
  • 316
    SHARES
  • सुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुल चेल्सीसँग रोकियो, सिटीलाई फाइदा 

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा दुई गोलको अग्रता जोगाउन नस्कदा लिभरपुल चेल्सीसँग बराबरीमा रोकिएको छ ।

    images

    आइतबार राति भएको खेलमा साडियो माने र मोहम्मद सलाहाको गोलमा २-० को अग्रता लिँदै लिभरपुल सहज जिततर्फ अगाडि बढेको थियो । तर, पहिलो हाफको अन्तिम समयमा २ गोल गर्दै चेल्सी लयमा फर्किएपछि अन्ततस् खेल २-२ गोलको बराबरीमा रोकिएको हो । 

    नवौँ मिनेटमा साडियो मानेको गोलमा लिभरपुलले अग्रता लियो । २६औँ मिनेटमा सलाहाले लिभरपुलको अग्रता दोब्बर पारेका थिए । ४२औँ मिनेटमा कोभासिचले २० र्‍याड टाढाबाट गरेको प्रहारले सोझै जाली चुमेको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा क्रिस्टियन पुलिसिचको गोलमा चेल्सी खेलमा फर्किएको थियो ।

    images

    दोस्रो स्थानको चेल्सी र तेस्रो स्थानको लिभरपुलले अंक बाँडेपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको अग्रता १० अंकमा पुगेको छ । सिटी ५३ अंकसहित शीर्ष स्थानमा छ ।

    सिटीले शनिबार आर्सनललाई हराउँदै शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको थियो । चेल्सी ४३ अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको लिभरपुलको ४२ अंक छ । लिभरपुलले सिटी र चेल्सीको भन्दा एक खेल कम खेलेको छ । प्रिमियर लिगअन्तर्गत आइतबार भएको अर्को खेलमा लिड्स युनाइटेडले बनर्लीलाई ३–१ अन्तरले हरायो ।