पुस १९ काठमाडौं । राष्ट्रिय फुटसलका लागि ३२ खेलडाी बोलाईएको छ । टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार बन्द प्रशिक्षणको लागि खेलाडीलाई बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । फुटसल टोलीले किर्गिस्तानमा अप्रिल १ देखि १५ सम्म हुने एएफसी फुटसल एसियन कप छनोटमा भाग लिनेछ । त्यस्तै उक्त प्रतियोगिताको ड्र आगामी माघ ६ गते हुने बताएको छ ।
जसको लागि प्रशिक्षक बस्नेतले सेप्टेम्बर १८ देखि अक्टोबर ८, २०२१ सम्म पोखरामा भएको ए डिभिजन राष्ट्रिय फुटसल लिगमा खेलेका खेलाडी छनोट गरेका छन् । प्रान्तीय छनोट चरणमा भाग लिएका खेलाडीलाई पनि राष्ट्रिय टोलीमा बोलाइएको छ ।
बन्द प्रशिक्षण जनवरी ७ बाट काठमाडौंमा सुरु हुनेछ । टोलीले काठमाडौं र पोखरामा प्रशिक्षण गर्नेछ ।
यी हुन ३२ खेलाडीहरू
गोलरक्षक :अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सञ्जिव तामाङ, सुमितकुमार आले
फिक्सो : अरुज सिंह, विजय श्रेष्ठ, विकु तामाङ, सरोज तामाङ
पिभोट :अविनाश तामाङ, विक्रान्त नरसिंह राना, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोस मास्के, सुसन श्रेष्ठ,
आला : आदिल हमिद, अमित लामा, जेनिश प्रजापति, किरन चौधरी, कृजल खड्का, मनीकुमार लामा, मनोज गुरुङ, रञ्जित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्कन शेर्पा


