आइतबार, भाद्र २८ गते २०८३
images

सातदोबाटोलाई हराउँदै शेर्पा पाँचौं स्थानमा उक्लियो

एक्सप्रेस पाना
पौष १९, २०७८ सोमबार
  • 377
    SHARES
  • सातदोबाटोलाई हराउँदै शेर्पा पाँचौं स्थानमा उक्लियो

    पुस १९ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत सातौं राउण्डको अन्तिम खेलमा सातदोबाटो युथ क्लबलाई १-० अन्तरले पराजित गर्दै हिमालयन शेर्पा क्लब पाँचौं स्थानमा उक्लिएको छ । 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा सोमबार भएको एक मात्रै खेलमा शेर्पाका लागि ४४औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले निर्णायक गोल गरे । प्रतियोगितामा शेर्पाको यो लगातार तेस्रो जित हो । 

    सातदोबाटोका डिफेन्डर पिटर सेगुनले शेर्पाका त्रिदेव गुरुङलाई बक्सभित्र लडाएपछि गरेपछि पाएको पेनाल्टीलाई विश्वासले सदुपयोग गरे । 

    images

    उक्त जितसँगै शेर्पा ७ खेलबाट ११ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पराजित सातदोबाटो समान खेलबाट ८ अंकसहित आठौं स्थानमा झरेको छ । साविक विजेता मछिन्द्र फुटबल क्लब सात खेलबाट १७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।