आइतबार, भाद्र २८ गते २०८३
images

नयाँ बर्षको पहिलो खेलमा युनाइटेडले उल्भ्सको सामना गर्दै

एक्सप्रेस पाना
पौष १९, २०७८ सोमबार
  • 611
    SHARES
  • नयाँ बर्षको पहिलो खेलमा युनाइटेडले उल्भ्सको सामना गर्दै

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति जारी सिजन २०२१/२२ अन्तर्गत म्यान्चेस्टर युनाइटेडले उल्भ्स सँगै प्रतिस्पर्धा गर्दैछ ।

    images

    नेपाली समयअनुसार आज राती ११:१५ बजेबाट सुरु हुने उक्त खेल युनाइटेडको घरेलु मैदानमा हुनेछ । आजको खेलमा पनि घरेलु टोली सहज जितको खोजीमा हुनेछ ।

    जारी सिजन कुल १८ खेलबाट ३१ अंक जोडिएको युनाइटेड सातौं स्थानमा रहेको छ । आजको खेलमा जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहन्छ । यता पाहुना टोली उल्भ्स पनि घरेलु टोलीमाथि दबाब दिदै खेलमा आफ्नो पक्षमा पर्ने योजनामा रहेको छ । जारी सिजन उसको समान १८ खेलबाट २५ अंकसहित नौं स्थानमा रहेको छ ।

    images