आइतबार, भाद्र २८ गते २०८३
images

युनाइटेड उल्भ्ससँग स्तब्ध

एक्सप्रेस पाना
पौष २०, २०७८ मंगलबार
  • 476
    SHARES
  • युनाइटेड उल्भ्ससँग स्तब्ध

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले पराजित भएको छ ।

    images

    सोमबार राति भएको खेलमा घरेलुु टोली युनाइटेड पाहुना टोली उल्भ्ससँग १-० गोलले पराजित भएको हो । पाहुना टोली उल्भ्सको जितमा जाओ मार्टिनोले निर्णायक गोल गरे ।

    निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८३औं मिनेटमा मार्टिनोले गोल गरे । त्यसपछि बाँकी समय थप गोल नहुदा उल्भ्स विजयी भयो ।

    images

    उक्त जितसँगै उल्भसले जारी सिजन कुल १९ खेलबाट २८ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ । यता पराजित युनाइटेडले भने जारी सिजन शीर्ष ४ मा पर्ने सम्भावना निकै कमजोर बनेको छ । उसको समान १९ खेलबाट ३१ अंकसहित सातौं स्थानमा यथावत् रहेको छ ।