एजेन्सी । युवा फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले फ्रेन्च कपमा सहज जित निकालेको छ ।
चौथो स्थानको वेन्समाथि ४-० को जित निकाल्दै पीएसजी अन्तिम ३२ को यात्रा तय गरेको छ । सोमबार राति भएको खेलमा २८औँ मिनेटमा प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । यसपछी ५९, ७१ र ७६ मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरे ।
उक्त खेलमा लियोनल मेस्सी र नेयमारले खेलेका थिएनन् । मेस्सी कोरोना संक्रमण तथा नेयरमा चोटका कारण मैदान बाहिर रहेका थिए ।


