आइतबार, भाद्र २८ गते २०८३
images

टोटनहममाथि चेल्सीको सहज जित

एक्सप्रेस पाना
पौष २२, २०७८ बिहीबार
  • 337
    SHARES
  • टोटनहममाथि चेल्सीको सहज जित

    एजेन्सी । कारवाओ कपको पहिलो सेमिफाइनलको पहिलो लेगमा लन्डन क्लब चेल्सीले टोटनहमलाई २-० अन्तरले पराजित गरेको छ । 

    images

    बुधबार राति चेल्सी घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा काई हाभर्टजले गोल गर्दा १ गोल उपहारपाएसँगै चेल्सीले फाइनल सम्भावना उच्च बनाएको हो । 

    खेलको पाँचौ मिनेटमा हाभर्टजको गोलमा चेल्सीले सुरुवाती अग्रता लियो । ३४औं मिनेटमा आर्सनलका विन डेभिसले आत्मघाती गोल गरेपछि चेल्सीले पहिलो हाफमा २-० को अग्रता बनायो । 

    images

    चेल्सीले पहिलो हाफमा गरेको अग्रता जोगाउँदै आर्सनलमाथि दवाव राख्यो । दोस्रो लेग टोटेनहमको मैदानमा १२ जनवरीमा हुनेछ ।आज हुने भनिएको लिभरपुल र आर्सनलबीचको दोस्रो सेमिफाइनल खेल कोभिडका कारण स्थगित भएको छ । दुबै खेल १३ र २० जनवरीमा हुनेछ । फाइनल  खेल भने २७ फेब्रुअरीमा हुनेछ ।