आइतबार, भाद्र २८ गते २०८३
images

पीएम कप क्रिकेट टि-२० फर्म्याटमा

एक्सप्रेस पाना
पौष २२, २०७८ बिहीबार
  • 212
    SHARES
  • पीएम कप क्रिकेट टि-२० फर्म्याटमा

    पुस २२ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिता टि-२० फर्म्याटमा आयोजना गर्ने भएको छ । 

    images

    क्यानका कार्यबाहक सविच प्रशान्तबिक्रम मल्लले २६ पुसबाट सुरु हुने प्रतियोगिता अब टि-२० फर्म्याटमा हुने न्युज कारखानालाई बताए । ‘आज राखेपबाट स्वीकृत भएको छ । अब टी-ट्वान्टी फर्म्याटमा प्रतियोगिता हुन्छ,’ उनले भने । 

    यसअघि प्रतियोगिता एकदिवसीय (५० ओभर) हुने गरेको थियो । नेपालले आगामी महिना ओमानमा आयोजना हुने आईसीसी टि-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । त्यसको तयारीमा लागि नेपाली टोलीले आफ्नो अभ्याससमेत सुरु गरिसकेको छ । 

    images

    २६ पुसबाट हुने भएसँगै क्यानले सहभागी खेलाडीलाई छाड्नेछ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

    प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ३६ लाख ५० हजार विनियोजन गरेको कार्यबाहक सचिव मल्ले जनाए ।