आइतबार, भाद्र २८ गते २०८३
images

हारका बाबजुद गोल्डेनगेट सेमिफाइनलमा

एक्सप्रेस पाना
पौष २२, २०७८ बिहीबार
  • 354
    SHARES
  • हारका बाबजुद गोल्डेनगेट सेमिफाइनलमा

    पुस २२ काठमाडौं । गोल्डेनगेट प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा पराजयका बाबजुद बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images

    प्रतियोगितामा कीर्तिपुरले गोल्डेनगेटलाई ८०–६८ ले पराजित   ग¥यो । कीर्तिपुरका प्रनिश महर्जनले १७ अंक जोडे । लिगमा समग्रमा गोल्डेनगेटको प्लस १० र कीर्तिपुरको प्लस ७ अंक भएकाले गोल्डेनगेटले सेमिफाइनलको बाटो तय गरेको हो ।

    कीर्तिपुरले सुरुका दुई क्वाटर क्रमशः २४–२३ र २१–१२ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो क्वाटरमा १३–१८ ले पछि परेको कीर्तिपुर चौथोमा २२–१५ ले अगाडि रह्यो ।

    images

    सेमिफाइनलमा गोल्डेनगेटको भेट रोयलसँग हुनेछ । अर्को सेमिफाइनलमा टाइम्सले गोड्सविरुद्ध खेल्नेछ । दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।