आइतबार, भाद्र २८ गते २०८३
images

सातदोबाटो र संकटा बराबरीमा रोकिए

एक्सप्रेस पाना
पौष २३, २०७८ शुक्रबार
  • 360
    SHARES
  • सातदोबाटो र संकटा बराबरीमा रोकिए

    पुस २३ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत आठौं चरणको पहिलो खेलमा सातदोबाटो युथ क्लब र संकटा फुटबल क्लबले बराबरी खेलेका छन् । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटा सातदोबाटो युथ क्लबसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

    images

    खेलमा सुरुवाती अग्रता सातदोबाटोले बनाएको थियो । उसका लागि खेलको २२औं मिनेटमा स्ट्राइकर सुशिल राईले गरेका थिए । त्यस्तै संकटाको लागि ३२औं मिनेटमा दिपेश आलेमगरले दिएको पासलाई जय गुरुङले आकर्षक गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफमा पनि दुबै टीमले केहि अवसर सिर्जना गरेपनि खतरनाक अवसर भने सिर्जना गर्न सकेनन्।

    उक्त बराबरीसँगै संकटाले जारी सिजन ८ खेलमा पाँचौ बराबरी खेलेको हो । बराबरीपछि संकटा अपराजित रहँदै १४ अंकका साथ तेस्रो स्थानमा कायम रहेको छ। सातदोबाटोले पनि संकटासँग एक अंक खोस्दै ९ अंक बनाएर आठौं स्थानमा कायम रह्यो।

    images