पुस २४ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत आठौं चरणको खेलमा साविकको विजेता मछिन्द्र फुटबल क्लब विजयी भएको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले फ्रेण्ड्स क्लबमाथि १-० गोलको जित निकालेको हो ।
मछिन्द्रको जितमा खेलको ६७औं मिनेटमा लागि रोनेल एन्थोनी पउलले बल नियन्त्रण गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरे । जसका कारण मच्छिन्द्रले १-० गोलको अग्रता बनाएको हो ।
त्यसपछि बाँकी समय थप गोल नहुँदा मछिन्द्र विजयी भयो । उक्त जित सँगै मछिन्द्रले ८ खेलबाट २० अंक बनाएर शीर्ष स्थानमा कायम रहेको छ । त्यस्तै यता पराजित फ्रेण्ड्सको भने ८ खेलबाट ३ अंकसहित पुछारमा रहेको छ । जसमा ऊ रेलिगेशन हुने उच्च सम्भावना रहेको छ ।


