पुस २४ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत आठौं चरणको खेलमा नेपाल आयल निगम मनाङ मर्स्याङदी फुटबल क्लबले सानदार जित निकालेको छ ।
शनिबार पोखरा रंगशालामा सम्पन्न भएको खेलमा घरेलुु टोली मनाङले पाहुना टोली च्यासलमाथि ५-० गोलको सानदार जित निकालेको हो ।
मनाङको जितमा आफिज ओलावालेले ह्याट्रिक पूरा गर्दा एडिलाजा सोमिडे र दिनेश राजवंशीले १/१ गोल गरे । उक्त ५-० गोलको जित नै जारी कतार एयरवेज सहिद स्मारक फुटबल प्रतियोगिताको सर्वाधिक ठूलो गोल स्कोरको जित ।
एकतर्फी बनेको खेलमा पहिलो हाफमा २-० गोलको अग्रता बनाएको मनाङले दोस्रो हाफमा थप ३ गोल गर्ने सफल भयो ।
उक्त जित सँगै मनाङले ८ खेलबाट १९ अंक जोड्दै दोस्रो स्थानमा कायम रहेको छ । उसले ६ खेलमा जित र समान १/१ बराबरी तथा हार व्यहोर्नुपरेको थियो । यता पराजित च्यासलको भने समान खेलबाट ५ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ ।


