आइतबार, भाद्र २८ गते २०८३
images

‘ए’ डिभिजन लिग : शेर्पा थ्रीस्टारमाथि सहज जितको खोजिमा

एक्सप्रेस पाना
पौष २५, २०७८ आइतबार
  • 330
    SHARES
  • ‘ए’ डिभिजन लिग : शेर्पा थ्रीस्टारमाथि सहज जितको खोजिमा

    पुस २५ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत आठौं चरणको खेलमा आईतबार हिमालयन शेर्पा फुटबल क्लबले रुसलान थ्रीस्टार क्लबविरुद्ध खेल्दैछ । 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको एक मात्रै खेल अपरान्ह पौने ५ बजे सुरु हुनेछ । लिगमा शेर्पा तीन खेलयता अपराजित छ । उसले तीनै खेलमा शत प्रतिशत अंक जोडेको छ । 

    थ्रीस्टार समेत पाँच खेलयता अपराजित छ । पछिल्लो खेलमा जावलाखेलविरुद्ध स्पष्ट तीन अंक हाँसिल गरेको थ्रीस्टार आफ्नो लय कायम राख्न चाहन्छ । थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठ र शेर्पाका युगल किशोर राई दुबै महत्वपूर्ण तीन अंक जोड्न चाहन्छन् ।  थ्री स्टार ७ खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ । शेर्पा ७ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

    images

    विश्वास श्रेष्ठको कप्तानीमा रहेको शेर्पा र विक्रम लामाको कप्तानीमा रहने थ्रीस्टार दुबैलाई राष्ट्रिय तथा युवा खेलाडीको भर छ ।