आइतबार, भाद्र २८ गते २०८३
images

‘ए’ डिभिजन लिग : १०० गोल दिनेशको नाममा

एक्सप्रेस पाना
पौष २५, २०७८ आइतबार
  • 474
    SHARES
  • ‘ए’ डिभिजन लिग : १०० गोल दिनेशको नाममा

    पुस २५ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ मा एक सय गोल पूरा भएको छ । गत ३ मंसिरबाट सुरु भएको लिगको आठौं चरणको खेल जारी रहँदा एक सय गोल पूरा भएको हो ।

    images

    पहिलोपटक मोफसलमा जारी शीर्ष डिभिजनको लिगमा कीर्तिमानी आठौंपटक लिग विजेता मनाङ मर्स्याङ्दी क्लबका डिफेन्डर दिनेश राजवंशीले एक सय गोल गरेका हुन् । हिजो शनिबार पोखरा रंगशालामा च्यासल युथविरुद्ध ५-०को जित निकाल्ने क्रममा दिनेशले १००औं गोल पूरा गरे ।  

    May be an image of 1 person, playing a sport, standing and outdoors

    images

    जारी शीर्ष डिभिजनको लिगमा १०३ गोल पूरा भइसकेका छन् । शनिबार अपरान्ह एनआरटी र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेलमा दिनेश हेन्जनले गरेको गोल १०३ गोल हो । 

    यस सिजनको लिगमा  पहिलो गोल संकटाका लक्ष्मण रुचालले गरेका थिए । जुन गोल दोस्रो खेलमा सम्भव भएको थियो । यस्तै संकटाका अर्का डिफेन्डर निरज बस्नेतले ५०औं गोल गरेका थिए ।

    जारी सिंगल राउन्ड रोबिनको लिगको पहिलो चरणमा १६ गोल भएको थियो । यस्तै दोस्रो चरणमा सात गोल हुँदा तेस्रो चरणमा १८ गोल भयो । चौथो चरणमा नौ गोल मात्रै हुँदा पाँचौ चरणमा १५ गोल भएको थियो भने छैटौं चरणमा १६ गोल भएका थिए । यस्तै सातौ चरणमा १३ गोल भए । जारी आठौं चरणमा भने नौ गोल भएका छन् । दुई खेल अझै बाँकी छन् ।

    यसपटक ‘गोल्डेन बुट’को दौडमा दुई खेलाडी देखिएका छन् । मछिन्द्र फुटबल क्लबका सुनिल बल र मनाङका आफिज ओलावालेले समान पाँच गोल गर्दै उच्च गोलकर्ताको शीर्षस्थान ओगटेका छन् ।  

    No description available.

    यस्तै संकटा क्लबका अजयी मार्टिन्स र एपीएफ फुटबल क्लबका आशीष लामाले उनीहरूलाई पछ्याउने क्रममा समान चार गोल गरेका छन् । जारी लिगमा मनाङ र संकटाका विदेशी खेलाडी मार्टिन्स र ओलावा दुवैले एक एक ह्याट्रिक गर्न सफल भए । 

    संकटाका निरज बस्नेत र उत्तम राई, मनाङका अन्जन बिष्ट र दिनेश राजवंशी, नेपाल पुलिसका सुमन लामा, हिमालयन शेर्पाका मुतम्बा पिस्टेन, च्यासलका रुमेश बर्तौला, जावलाखेलका निकोलास फर्नाण्डेज र एनआरटीका मेसोउके ओलोमोउले समान तीन/तीन गोल गरेका छन् । तीन गोल गर्ने खेलाडी नौजना छन् । 

    No description available.

    दुई गोल गर्ने खेलाडी ११ जना छन् भने एक गोल गर्ने खेलाडीको संख्या ३२ छ । आत्माघाति गोल गर्नेमा तीन खेलाडी छन् । जारी लिगमा सातौ चरणमै नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप-२०२२ छनोटमा स्थान बनाएको मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ । उसलाई पछ्याउने क्रममा मनाङ दोस्रो स्थानमा छ ।