आइतबार, भाद्र २८ गते २०८३
images

कप्तान लाथमको उत्कृष्ट ब्याटिङ प्रेरित न्युजिल्यान्डको सुखद् सुरुवात

एक्सप्रेस पाना
पौष २५, २०७८ आइतबार
  • 268
    SHARES
  • कप्तान लाथमको उत्कृष्ट ब्याटिङ प्रेरित न्युजिल्यान्डको सुखद् सुरुवात

    एजेन्सी । कप्तान तथा ओपनर टम लाथमको शतकप्रेरित न्युजिल्यान्डले बंगलादेशविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा सुखद् सुरुआत गरेको छ ।

    images

    क्राइष्टचर्चमा टस हारेर ब्याटिङका लागि आएको न्युजिल्यान्डले आइतबार पहिलो दिनको समाप्तिमा एक विकेट गुमाउँदै ३४९ रन बनाएको हो ।  

    २८ चौका हिर्काएका लाथमले अविजित १८६ बनाए । डेभोन कनवे ९९ रनमा अविजित छन् । यस्तै विल योङले अर्धसकीय इनिङ खेल्दै ५४ रनमा आउट भए । 

    images

    लाथम र कनवेले दोस्रो विकेटका लागि अविजित दुई सय एक रनको साझेदारी गरिसकेका छन् । बंगलादेशका सोरिफुल इस्लामले एक विकेट लिए । पहिलो टेस्टमा बंगलादेशले न्युजिल्यान्डविरुद्ध आठ विकेटको जित हात पारेको थियो ।