पुस २५ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत आठौं चरणको खेलमा रुसलान थ्री स्टार क्लब विजयी भएको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले नेपाल आइस हिमालयन शेर्पा फुटबल क्लबमाथि २-० गोलको रोमाञ्चक जित निकालेको हो ।
थ्री स्टारको जितमा घानेफो अन्सुमाना क्रोमाले १ गोल गरे । थ्री स्टारले एक गोल भने आत्मघाती उपहार पाएको थियो ।
उक्त जितसँगै ८ खेलमा १३ अंक जोडेर अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।यता पराजित शेर्पाले ८ खेलमा ११ अंक जोडेर छैटौं स्थानमा झरेको छ ।


