आइतबार, भाद्र २८ गते २०८३
images

रोमामाथि युभेन्टसको रोमाञ्चक जित

एक्सप्रेस पाना
पौष २६, २०७८ सोमबार
  • 479
    SHARES
  • रोमामाथि युभेन्टसको रोमाञ्चक जित

    एजेन्सी । इटालीयन सिरी ए फुटबलमा युभेन्ट्सले रोमाविरुद्ध रोमाञ्चक जित निकालेको छ । 

    images

    आइतबार राति भएको खेलमा पाहुना टोली युभेन्ट्सले दोस्रो हाफमा ७ मिनेटको अन्तरालमा ३ गोल गरेपछि महत्त्वपूर्ण ३ अंकसहित ११औँ जित निकालेको हो । 

    १० खेलाडीमा सीमित युभेन्ट्सको जितमा कप्तान पाउलो ड्यबला, मानुयल लाकाटेली, डेजान कुलुसेभ्स्की, माटिया डीले १/१ गोल गरे । रोमाका लागि टमी इब्राहम, हेन्रिख एमखितार्यान र लोरेन्जो पेलेग्रीनीले १/१ गोल गरे । 

    images

    खेलको ८३औँ मिनेटमा लोरेन्जोले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा जोसे माउरिन्होको रोमा हार ब्यहोर्न बाध्य भयो । खेलको ८१औँ मिनेटमा माथिस डि लाईटले रातो कार्ड पाएपछि युभेन्ट्स १० खेलाडीमा सीमित भयो ।

    उक्त जितपछि युभेन्ट्सले २१ खेलबाट ३८ अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट ३२ अंक बनाएको रोमा सातौँ स्थानमा छ ।