पुस २६ काठमाडौं । आजबाट सुरु भएको पीएम कप टि २० क्रिकेटमा मुलपानि क्रिकेट मैदानमा जारी खेलमा विभागिय टीली नेपाल पुलिसले सुदुरपश्चिम सामु ९४ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।
मुलपानि मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रन जोड्यो । पुलिसले राम्रो सुरुवात गरेपनि विष्फोट इनिङ खेल्न भने सकेन । कुशल भुर्तेल र पनव सराफले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए। भुर्तेललले ३८ बलमा २१ रन बनाउँदा १ छक्का प्रहार गरेका थिए। त्यस्तै १६ बलमा २० रन बनाएका सराफले ४ चौका प्रहार गरे। अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन। थप दोहोरो स्कोरका रुपमा आरिफ शेखले १० रन बनाए।
पुलिसलाई सस्तैमा समेट्ने क्रममा सुदुरपश्चिमका नारायण जोशी र आदित्य महताले समान ३(३ विकेट लिएका थिए। शेर मल्लको नाममा २ विकेट रह्यो। केहि समयपछि सुदुरपश्चिमले ब्याटिङ सुरु गर्दे छ।


