आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : पुलिस र बीबीसीले अंक बाँडे

एक्सप्रेस पाना
पौष २६, २०७८ सोमबार
  • 463
    SHARES
  • ए डिभिजन लिग : पुलिस र बीबीसीले  अंक बाँडे

    पुस २६ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत आठौं चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । 

    images

    सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा दुबै टोलीले १-१ गोलको बराबरीमा रोकिएका हुन् । खेलमा सुरुवाती अग्रता बीबीसीले बनाएको थियो । खेलको दोस्रो मिनेटमै रोशन रानामगरको गोलमा ब्रिगेड ब्वाइजले अग्रता लिएको थियो । शिशिर लेखीको प्रहार पुलिसका गोलकिपर सत्रुघनकुमार चौधरीले पञ्च गर्दा रिबाउन्डमा प्राप्त बललाई रोशनले जाली चुमाएका थिए ।

    No description available.

    images

    तर ब्रिगेड ब्वाइजले आफ्नो अग्रता लामो समय टिकाउन सकेन । त्यसको दुई मिनेटपछि नै पुलिस खेलमा फर्कियो । रक्षक बुद्ध तामाङको फ्रिकक गोलमा पुलिस खेलमा फर्किएको थियो । त्यसपछि बाँकी समय थप गोल नहुँदा दुबै टोलीले १/१ अंक बाडेका हुन ।

    उक्त बराबरी सँगै ८ खेलबामट ७ अंक जोडेको पुलिस अंक तालिकाकोे ११औं स्थानमा रहेको छ । त्यस्तै समान खेलबाट बिबिसी ६ अंकसहित १२औं स्थानमा रहेको छ । जारी लिगा २० अंकसहित मछिन्द्र शीर्ष स्थानमा रहेको छ । त्यस्तै मनाङ १९ अंकसहित दोस्रो तथा १४ अंकसहित संकटा तेस्रो तथा समान अंक भएको आर्मी चौथो स्थानमा रहेको छ । 

    No description available.