आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग आठौं चरण : उपाधि होडमा मनाङ र मछिन्द्र, गोल्डेन बुटको दौडमा थपिए आफिज 

एक्सप्रेस पाना
पौष २७, २०७८ मंगलबार
  • 565
    SHARES
  • ए डिभिजन लिग आठौं चरण : उपाधि होडमा मनाङ र मछिन्द्र, गोल्डेन बुटको दौडमा थपिए आफिज 

    पुस २७ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगा फुटबल प्रतियोगिता २०७८ अन्तर्गत आठौं चरणको खेल सकिएको छ । जसमा उपाधि होडमा मनाङ र मछिन्द्रको प्रतिस्पर्धा जारी छ । 

    images

    गता शनिबार पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबविरुद्ध पाएको ५-० को जितनै जारी लिगको ठुलो अन्तर जित रह्यो । सोही खेलमा मनाङका विदेशी खेलाडी आफिज ओलावालेले ह्याट्रिक गरे । 

    योसँगै आफिज जारी लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने । नाइजेरियाका यी खेलाडीले जारी लिगमा पाँच गोल गरे । मछिन्द्रका सुनिल बलले समेत पाँच गोल गरेका छन् । जसमा लिगमा आठौं चरणपछि गोल्डेन बुटको दौडमा यी नै दुई खेलाडी रहेका छन् । दुई खेलाडीलाई पछ्याउने क्रममा संकटाका अजयी मार्टिन्स, एपीएफ फुटबल क्लबका आशिष लामा रहेका छन् ।

    images

    जारी लिगमा आठ मध्ये सात खेलमा पूरा समय खेलेका आफिजले च्यासलविरुद्ध ह्याट्रिक गर्दा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्सविरुद्ध १/१ गोल गरे । संकटा र नेपाल पुलिस क्लबविरुद्ध दुई पहेँलो कार्ड पाएपछि मछिन्द्र फुटबल क्लबविरुद्ध भने आफिज निलम्बनमा परे । 

    संकटाका डिफेण्डर निरज बस्नेतसहित १० खेलाडीले ३ गोल गरेका छन् । दुई गोल गर्नेमा १० खेलाडी छन् । यस्तै एक गोल गर्ने खेलाडी ३५ जना रहँदा आत्माघाती गोल गर्ने खेलाडी ४ छन् । 

    आठौं चरणको खेल सकिँदा ६३ खेलाडीले १०७ गोल गरे । जहाँ ५६ खेल भए । सिंगल राउण्ड रोबिनको लिगमा ९१ खेल हुनेछन् । जहाँ दुई टोली रेलिगेशन हुनेछन् भने एक टोली विजेता हुनेछ । यसपटक समयमै लिग नहुँदा आठौं चरणमा शीर्षस्थानमा रहँदा मछिन्द्र फुटबल क्लबले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप २०२२ छनोटमा स्थान बनायो । 

    आठौँ चरणमा सातमध्ये तीन खेल नतिजाविहीन रह्यो । विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेले भने नेपाल पुलिस र ब्रिगेड ब्वाइज क्लब बीबीसी तथा संकटा र सातदोबाटोले १(१ गोलको बराबरी खेले । आठौं चरणमा कुल १३ गोल भए । 

    फ्रेन्ड्सविरुद्ध पाएको आत्माघाती गोलसँगै मछिन्द्र क्लबको शीर्ष स्थानमा २० अंक छ । च्यासलविरुद्ध ५ गोल गरेको मनाङ गोल अन्तर बढाउँदा १९ अंकसहित दोस्रो स्थानमा छ । समान १४ अंकका संकटा र आर्मी तेस्रो र चौथो स्थानमा छ । 

    १३ अंकको थ्री स्टार पाँचौं स्थानमा छ भने ११ अंकको हिमालयन शेर्पा क्लब छैटौँ स्थानमा छ । १० अंकको एनआरटी साँतौ स्थानमा रहँदा सातदोबाटो आठौं, जावलाखेल नवौं, एपीएफ १० औं र एपीएफ ११ औं स्थानमा रहँदा ब्रिगेड १२ औं स्थानमा छ । पाँच अंकको च्यासल युथ र तीन अंकको फ्रेन्ड्स १४ औं स्थानमा छ । 

    अब नवौं चरणको खेल आगामी शुक्रबारबाट सुरु हुनेछ । 

    आठौं चरणका खेलहरुका नतिजा :
    संकटा क्लब १-१ सातदोबाटो युथ क्लब
    एपीएफ फुटबल क्लब ०-० जावलाखेल युथ
    मछिन्द्र फुटबल क्लब १-० फ्रेन्ड्स
    मनाङ मस्र्याङ्दी क्लब ५-० च्यासल युथ क्लब
    न्युरोड टिम एन आ टी ०-१ त्रिभुवन आर्मी फुटबल क्लब
    थ्रीस्टार क्लब २-० हिमालयन शेर्पा क्लब
    नेपाल पुलिस क्लब १-१ ब्रिगेड ब्वाईज क्लब