आइतबार, भाद्र २८ गते २०८३
images

पिएम कप : पुलिसको लगातार दोस्रो जित 

एक्सप्रेस पाना
पौष २७, २०७८ मंगलबार
  • 311
    SHARES
  • पिएम कप : पुलिसको लगातार दोस्रो जित 

    पुस २७ काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । मंगलबार टियु मैदानमा भएको दिनको पहिलो अ‍ेलमा त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गर्दै पुलिस विजयी भएको हो । 

    images

    टियु मैदानमा १३८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८ ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनायो । विभागीय प्रतिद्वन्द्धी आर्मीविरुद्धको उक्त जितसँगै पुलिसले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । सोमबार मुलपानीमा भएको खेलमा पनि पुलिसले सुदूरपश्चिम प्रदेशलाई दुई रनले हराएका थियो । 

    पुलिसको जितमा ओपनर ब्याटर कुशल भुर्तेलले २२ बलमा पाँच चौका र एक छक्कासहित सर्वाधिक ३५ रन बनाए । यस्तै, रसिद खानले २८, विकेट किपरसमेत रहेका दिलिप नाथले २५ तथा अनिल शाहले २२ रनको योगदान गर्दा आरिफ शेखले १० रन बनाए । 

    images

    बलिङमा आर्मीका साहब अलामले सर्वाधिक तीन विकेट लिए । यस्तै, जितेन्द्र मुखियाले दुई तथा कुशल मल्लले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा एक बल बाँकी रहदा सबै विकेट गुमाएर १३७ रनको योगफल तयार पारेको थियो ।  

    आर्मीका लागि कप्तान विनोद भण्डारीले ३६ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ४४ रन जोडे । यस्तै, ओपनर सोमपााल कामी ४२ रन बनाउँदा हरि चौहान १२, कुशल मल्ल तथा सुसन भारीले समान १२ रन बनाए । 

    पुलिसको बलिङमा करण केसीले चार ओभरमा १७ रन खर्चिदैं सर्वाधिक चार विकेट लिए । उनी खेलको प्लेयर अफ दि म्याचसमेत भए । गुल्सन झा र योगेन्द्र सिंह कार्कीले समान दुई विकेट तथा आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले समना एक विकेट लिए । जितसँगै समूह एबाट पुलिस चार अंकसहित शीर्षस्थानमा छ ।