आइतबार, भाद्र २८ गते २०८३
images

अफ्रिका कप : सेनेगल, ग्वेना, मोरक्को र गाबोनको विजयी सुरुवात

एक्सप्रेस पाना
पौष २७, २०७८ मंगलबार
  • 428
    SHARES
  • अफ्रिका कप : सेनेगल, ग्वेना, मोरक्को र गाबोनको विजयी सुरुवात

    एजेन्सी । सेनेगल, ग्वेना, मोरोक्को र गाबोनले अफ्रिका कप अफ नेसन्समा विजयी सुरुवात गरेका छन् । 

    images

    समूह ‘सी’ को खेलमा मोरोक्को विजयी हुँदा घाना भने पहिलो खेलमै स्तब्ध भयो । ८३ औं मिनेटमा सोफाने वोउफलको निर्णायक गोलमा मोरक्कोले घानालाई १–० ले पराजित गर्यो ।  

    समुह सी को अर्को खेलमा गाबोनले कोमारसोसलाई १–० ले पराजित गरेको छ ।  समूह ‘बी’ अन्तर्गतको खेलमा गिनियाले मलावीलाई १–० ले हरायो । ३५औं मिनेटमा इसाघा सेलाले गरेको गोल ग्वेनालाईको लागि तीन अंक पर्याप्त रह्यो । 

    images

    यता,सेनेगलले सुखद सुरुवात गर्ने क्रममा जिम्बाव्वेलाई १–० ले निराश पार्यो । इन्जुरी समयको सातौ मिनेटमा साडियो मानेले गरेको गोलमा सेनेगल विजयी भयो ।