आइतबार, भाद्र २८ गते २०८३
images

पीएम कप : कर्णाली प्रदेशको पहिलो जित

एक्सप्रेस पाना
पौष २७, २०७८ मंगलबार
  • 443
    SHARES
  • पीएम कप : कर्णाली प्रदेशको पहिलो जित

    पुस २७ काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशको पहिलो जित निकालेको छ । कर्णाली प्रदेशले प्रदेश १ लाई ३१ रनले पराजित गरेको हो । 
        
    मंगलबार मूलपानीमा भएको पहिलो खेलमा १२१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले १७ ओभर ५ बलमा ८९ रनमा अल आउट भएपछि कर्णालीले दोस्रो खेलमा पहिलो जित पाएको हो । यसअघि पहिलो दिन कर्णाली आर्मीसँग पराजित भएको थियो ।

    images

    कर्णालीविरुद्ध प्रदेश एकका फिरदोस अन्सारीले सर्वाधिक २३ रन बनाए । यस्तै दिपेश कँडेल र श्रवण यादवले समान १४ रन बनाउँदा कप्तान सिद्धान्त लोहनीले १४ रनको योगदान गरे । 

    प्रदेश १ लाई सस्तैमा समेट्न कर्णालीका अनुज चुनराले सर्वाधिक चार विकेट लिए । यस्तै दिवान पुनले दुई विकेट लिँदा दिनेश अधिकारी, प्रकाश जैशी र अनुप कुवँरले समान एक विकेट लिए । यसअघि माथिल्लो मूलपानी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १२० रन बनाएको थियो । 

    images

    कर्णालीका लागि कप्तान तथा ओपनर ब्याटर रवीन्द्र शाहीले सर्वाधिक ३६ रन बनाए । यस्तै प्रकाश जौशीले २५ रन बनाउँदा राज शाहले १५ र विपीन रावलले ११ रनको योगदान दिए । 

    यता, प्रदेश एकका मुकुन्द यादवले तीन विकेट लिँदा फिरदोश अन्सारीले दुई तथा कमल खत्री र सिद्धान्त लोहनीले समान एक विकेट लिए । जितसँगै समूह ए बाट कर्णालीले दुई खेलबाट दुई अंक जोडेको छ । कर्णाली तेस्रो स्थानमा छ । दुई खेलबाट दुई जित सहित चार अंक बनाएको पुलिस पहिलो र आर्मी दोस्रो स्थानमा छ ।