आइतबार, भाद्र २८ गते २०८३
images

पीएम कप : प्रदेश २ काे पहिलो जित

एक्सप्रेस पाना
पौष २७, २०७८ मंगलबार
  • 226
    SHARES
  • पीएम कप : प्रदेश २ काे पहिलो जित

    पुस २७ काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा प्रदेश २ ले पहिलो जित निकालेको छ । प्रदेश २ ले गण्डकी प्रदेशलाई दुई विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो । मुलपानी क्रिकेट मैदानमा ११७ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले १८ ओभर एक ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो । 

    images

    सोमबार भएको आफ्नो पहिलो खेलमा प्रदेश २ बागमती प्रदेशसँग २४ रनले पराजित भएको थियो । गण्डकीको भने प्रतियोगितामा यो पहिलो खेल हो । प्रदेश २ का लागि कप्तान हासिम अन्सारीले सर्वाधिक २६ रन बनाए । यस्तै, सन्तोष कार्कीले २३, हरिकृष्ण झाले १७, हरिशंकर झाले १२ र विवेक यादवले १० रन जोडे ।

    यसअघि पहिलो इनिङमा गण्डकी प्रदेशका अर्जुन कुमालले ३९ बलमा ६ चौका मद्दतमा ४१ रनको जोड्दा सन्दीप क्षेत्रीले २४ बल खेल्दै दुई चौका र एक छक्काकाे मद्दतमा २७ रन जोडे । कप्तान विपिन खत्री र अनिल गुरुङ समान १० रन बनाएर पभेलियन फर्के । प्रदेश २ का मोहम्मद आदिल आलमले दुई तथा विकेक यादब, हरिशंकर शाह र जितेन्द्र यादवले समान एक विकेट लिएका थिए ।
     

    images