आइतबार, भाद्र २८ गते २०८३
images

युभेन्ट्सलाई हराउँदै इन्टर च्याम्पियन

एक्सप्रेस पाना
पौष २९, २०७८ बिहीबार
  • 441
    SHARES
  • युभेन्ट्सलाई हराउँदै इन्टर च्याम्पियन

    एजेन्सी । इन्टर मिलानले युभेन्ट्सलाई पराजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको छ । 

    images

    बुधबार राति इटालीको सान सिरोमा भएको खेलमा पुनरागमन जित सहित इन्टरले सन् २०१० पछि पहिलो पटक यो उपाधि हात पारेको हो । 

    खेल पेनाल्टी सुट आउटतर्फ धकेलिँदा खेलमा १२१ औं मिनेटमा बेन्चबाट आएका सान्चेजको गोल निर्णायक बनेको थियो । 

    images

    त्यस अघि खेलको २५औँ मिनेटमा वेस्टन म्याकेनीको गोलमा युभेन्ट्सले अग्रता बनायो । ३५औँ मिनेटमा पाएको पेनाल्टी सदूपयोग गर्दै लौटारो मार्टिनेजले इन्टरलाई पहिलो हाफमा १-१ को स्थितिमा ल्याए । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त ३० मिनेटमा पुगेको थियो । 

    अतिरिक्त समयको इन्जुरी समयमा अनुभवी खेलाडी सान्चेजको गोलसँगै इन्टर उपाधि जित्न सफल भयो ।