आइतबार, भाद्र २८ गते २०८३
images

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई प्रधानमन्त्रीको बधाई 

एक्सप्रेस पाना
पौष २९, २०७८ बिहीबार
  • 255
    SHARES
  • ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई प्रधानमन्त्रीको बधाई 

    पुस २९ काठमाडौं।   प्रधानमन्त्री शेरबहादुर देउवाले ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई बधाई दिएका छन् । 

    images

    विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्ष स्थानमा पर्न सफल भएपछि दाहाललाई प्रधानमन्त्री देउवाले बधाई दिएका हुन् । 

    सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्रीले बधाई तथा आगामी दिनको शुभकामना दिएका हुन् । 

    images

    ‘शीर्ष स्थान हासिल गर्न सफल हुनु भएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु’, ट्वीटरमा प्रधानमन्त्रीले लेखेका छन् ।