आइतबार, भाद्र २८ गते २०८३
images

पीएम कप : आर्मी र प्रदेश एकले अंक बाँडे

एक्सप्रेस पाना
पौष २९, २०७८ बिहीबार
  • 361
    SHARES
  • पीएम कप : आर्मी र प्रदेश एकले अंक बाँडे

    पुस २९ काठमाडौं । गए राति परेको वर्षाका कारण मैदान ओसिलो भएर खेल नै सुरु हुन नसकेपछि त्रिभुवन आर्मी क्लब र प्रदेश एकले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी-२० प्रतियोगितामा अंक बाँडेका छन् । 

    images

    बिहीबार मुलपानीमा तय पहिलो खेल सुरु नभएपछि समूह ‘ए’ को खेलमा दुवै टोलीले अंक बाँडेका हुन् । समूह ‘ए’ मा आर्मी तीन खेलबाट तीन अंकसहित दोस्रो स्थानमा छ ।

    प्रदेश एकको दुई खेलबाट एक अंक रहेको छ । दुई खेलबाट दुई जितसहित चार अंक बनाएको पुलिस शीर्ष स्थानमा छ । यस्तै कर्णाली दुई अंकसहित तेस्रो स्थानमा छ भने एक खेलबाट कुनै अंक जोड्न नसकेको सुदूरपश्चिम प्रदेश पुछारमा छ । 

    images

    समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।