सोमबार, कार्तिक १७ गते २०८३
images
images

अस्ट्रेलियामा कोभिड : दुई सातामा १० लाख संक्रमित

एक्सप्रेस पाना
पौष २९, २०७८ बिहीबार
  • 317
    SHARES
  • अस्ट्रेलियामा कोभिड : दुई सातामा १० लाख संक्रमित

    एजेन्सी । अस्ट्रेलियाका कोभिड संक्रमितको संख्या दिनप्रति दिन बढिरहेको छ । कोभिडको नयाँ भेरियन्ट देखिएसँगै संक्रमितको सख्ंया पनि दिनहुँ बढिरहेको छ । विहीबार एकै दिन एक लाख ४७ हजारमा कोभिड देखिएको छ । यो संख्या अस्ट्रेलियाका कोभिड देखिएपछिको अहिलेसम्मकै उच्च हो । 

    images

    संक्रमितमध्ये ९२ हजार जना न्यु साउद वेल्स (एनएसडब्लू) का छन् । पछिल्लो दुई सातामा अस्ट्रेलियामा १० लाख जनामा संक्रमण देखिएको छ । महामारी फैलिएपछि अहिलेसम्म १४ लाख जनामा संक्रमण देखिएको छ । 

    अस्ट्रेलियामा पछिल्ले कोभिड लहरमा ५३ जनाको मृत्यु भइसकेको छ । तीमध्ये २२ जना एनएसडब्लूका छन् । ओमिक्रोन वेभको समयमा मृत्यु दर यसअघिको महामारीमा भन्दा न्यून रहेको जनाइएको छ ।

    images