आइतबार, भाद्र २८ गते २०८३
images

पीएम कप : एपीएफको लगातार तेस्रो जित 

एक्सप्रेस पाना
पौष २९, २०७८ बिहीबार
  • 441
    SHARES
  • पीएम कप : एपीएफको लगातार तेस्रो जित 

    पुस २९ काठमाडौं । एपीएफ क्लबले प्रधानमन्त्री कप टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा एपीएफले गण्डकी प्रदेशलाई दुई रनले पराजित गर्‍याे।

    images

    ९३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ९० रनमा अल आउट भयो । गण्डकीलाई ९० रनमै रोक्न एपीएफका कमलसिंह ऐरीले सर्वाधिक तीन तथा किशोर महतोले दुई विकेट लिए । यस्तै अविनाश बोहराले एक विकेट लिए । 

    गण्डकीका कप्तान विपीन खत्रीले ३९ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ३६ रन बनाए । यस्तै विधान श्रेष्ठले २९ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । 

    images

    यसअघि एपीएफका लागि प्रदीप ऐरीले १७, आशिफ शेखले १६, दिपक बोहराले १५ रन बनाउँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । गण्डकीका कमल परियारले सर्वाधिक तीन तथा विशाल पौडेलले दुई विकेट लिएका थिए ।

    प्रतियोगितामा लगातार तेस्रो जित निकालेको एपीएफ सेमिफाइनल नजिक पुगेको छ । समूह ‘बी’मा रहेको एपीएफको ६ अंक छ । दोस्रो स्थानको बाग्मती, तेस्रो स्थानको लुम्बिनीको दुई खेलबाट समान दुई अंक छ । यस्तै तीन खेलमा दुई अंक जोडेको प्रदेश २ चौथो र अंकविहीन गण्डकी पाँचौं स्थानमा छ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउनेछन् ।