आइतबार, भाद्र २८ गते २०८३
images

शेर्पामाथि एपिएफको जित

एक्सप्रेस पाना
पौष ३०, २०७८ शुक्रबार
  • 483
    SHARES
  • शेर्पामाथि एपिएफको जित

    पुस ३० काठमाडौं । जारी कतार एयरवेज सहित स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत आज शुक्रबारबाट सुरु भएको नौंव चरणको पहिलो खेलमा विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब विजयी भएको छ । 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सम्पन्र खेलमा एपिएफले नेपाल आईस हिमालयन शेर्पा क्लबमाथि १-० गोलको कठिन जित निकालेको हो ।

    एपिएफका लागि पहिलो हाफको अतिरिक्त समयमा आभाष लामिछानेले नविन लामाको कर्नरमा गरेको एकमात्र गोल खेलका लागि निर्णायक बन्यो । उक्त जितसँगै एपिएफले महत्वपुर्ण तीन अंक जोडेको छ । एपिएफ १० अंक बनाएर आठौं स्थानमा उक्लिएको छ । यता शेर्पा भने ११ अंकका साथ छैटौं स्थानमा कायम रहेको छ ।

    images