आइतबार, भाद्र २८ गते २०८३
images

मनाङलाई उपाधि यात्रामा सातदोबाटोले लगायो धक्का

एक्सप्रेस पाना
पौष ३०, २०७८ शुक्रबार
  • 478
    SHARES
  • मनाङलाई उपाधि यात्रामा सातदोबाटोले लगायो धक्का

    पुस ३० काठमाडौं । सातदोबाटो यूथ क्लबसँग अप्रत्याशित २-१ ले स्तब्ध भएसँगै मनाङ मर्स्याङ्दी क्लबको जारी कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिने अवसरसँगै उपाधि यात्रा  धक्का लागेको छ ।

    images

    त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा पराजित भएसँगै मनाङको उपाधि रक्षा गर्ने योजना सुखद रहेन ।उक्त नतिजासँगै मनाङ ९ खेलमा १९ अंकसहित तालिकाको दोस्रो स्थानमा यथावत् छ । ,जुन शीर्ष स्थानको मछिन्द्र भन्दा १ अंकले कम हो ।

    खेलको पहिलो हाफमै सातदोबाटोले २-० को अग्रता लिएको थियो । ११औं मिनेटमा मार्टिन एडेल्फे सिलोले गरेको गोलमा सातदोबाटोले अग्रता लिएको थियो । ३८औं मिनेटमा प्रशान्त अवस्थीको क्रसमा अनमार्क रहेका मार्टिन्स अजयीले हेडरमार्फत सातदोबाटोको अग्रता दोब्बर पारेका थिए ।

    images

    ५७औं मिनेटमा आफिज ओलाओलेले गोल गर्दै  मनाङलाई खेलमा फर्काउने संकेत गरेका थिए । सातदोबाटोका रक्षकले क्लियर गर्न नसकेको बललाई ओलाओलेले पोस्टको दिशा दिएका थिए ।

    उक्त जित सँग सातदोबाटो ९ खेलमा १२ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा विभागीय एपीएफले हिमालयन शेर्पालाई १-० ले हराएको थियो । शनिबार लिगमा दुई खेल हुनेछन् ।