आइतबार, भाद्र २८ गते २०८३
images

प्रिमियर लिग : चेल्सीमाथि सिटीको जित , युनाइटेड बराबरीमा रोकियो

एक्सप्रेस पाना
माघ २, २०७८ आइतबार
  • 236
    SHARES
  • प्रिमियर लिग : चेल्सीमाथि सिटीको जित , युनाइटेड बराबरीमा रोकियो

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि १-० जितसँगै म्यानचेष्टर सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता बनाउँदा अर्को खेलमा म्यानचेष्टर युनाईटेड र एष्टन भिल्लाले २-२ गोलको बराबरीमा रोकिएको छ । 

    images

    घरेलु मैदान इतिहाद रंगशालामा सिटीको जितमा एक मात्रै गोल केभिन डि ब्रुयनेले गरे । जोआओ कनसेलोको पास सदुपयोग गर्दै केभिनले खेलको ७०औं मिनेटमा निर्णायक गोल गरे । 

    उक्त जितसँगै पेप ग्वार्डिओलाको सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता बनायो । २२ खेलबाट सिटीको ५६ अंक छ । यता, पराजित चेल्सीको समान खेलबाट ४३ अंकसहित ऊ दोस्रो स्थानमा यथावत छ ।

    images

    अर्काे खेलमा म्यानचेष्टर युनाईटेडले घरेलु टोली एस्टन भिल्लालाई २-२ गोलको बराबरीमा रोक्यो । खेलमा २-० को अग्रता बनाएको युनाईटेड अग्रता जोगाउँन नसक्दा बराबरीमा रोकियो । 

    ब्रुनो फर्नाण्डेजको गोलसँगै युनाईटेडले खेलको छैटौं र ६७औं मिनेटमा २-० को अग्रता बनायो । यसपछि जाकोब राम्सीले ७७औं मिनेट र डेब्यु खेलाडी फिलिप कौटिन्होले गोल गर्दै एष्टन भिल्लालाई घरेलुु मैदानमा हारबाट टारे ।  बार्सिलोनाका कौटिन्हो लोनमा यसै सिजन एष्टन भिल्ला आएका हुन् । ६८औं मिनेटमा डेब्यु गरेका उनले ८१औं मिनेटमा गोल गरे । 

    बराबरीसँगै युनाईटेड २० खेलबाट ३२ अंक सहित साँतौ स्थानमा छ । यता, एष्टन भिल्ला समान खेलबाट २३ अंक सहित १३ औं स्थानमा छ । गय राति भएका अन्य खेलमा नर्वीचले एभर्टनलाई २-१ ले पराजित गर्दा उल्भ्सले  साउथह्याम्पटनलाई ३-१ अंन्तरले पराजित गर्याे । अर्काे खेलमा न्युक्यासल युनाईटेड र वाट्फोर्डले १-१ गोलको बराबरी खेले ।