एजेन्सी । इटालियन सिरी ए फुटबलमा युभेन्टसले सहज जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा १२औं जित निकाल्ने क्रममा युभेन्ट्सले उडिनेसलाई २-० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोड्यो ।
अर्जेन्टिनी स्टार समेत रहेका पाउलो डिबलाको गोलमा युभेन्ट्सले खेलको १९औं मिनेटमा अग्रता बनायो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको युभेन्ट्सले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ७९औं मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै २-० को सहज जित दिलाए ।
उक्त जितसँगै २२ खेलबाट युभेन्ट्सले ४१ अंक जोडेको छ र पाचौ स्थानमा छ । यता, पराजित उडिनेस २० खेलबाट २० अंक सहित १४ औं स्थानमा छ ।
गय रातिनै भएको सिरी ए को खेलमा सेलेरनिटानालाई ३-० ले पराजित गर्दै लाजियो छैटौं स्थानमा रह्यो । यस्तै टोरिनोले साम्पडोरियालाई २-१ अन्तरले पराजित गर्यो । सिरी ए मा २० खेल खेलेको इन्टर मिलान ४९ अंक सहित शीर्षस्थानमा रहेको छ ।


