आइतबार, भाद्र २८ गते २०८३
images

अफ्रिका कप अफ नेसन्स : सलाहको गोलमा इजिप्ट विजयी

एक्सप्रेस पाना
माघ २, २०७८ आइतबार
  • 234
    SHARES
  • अफ्रिका कप अफ नेसन्स : सलाहको गोलमा इजिप्ट विजयी

    एजेन्सी । सुडानलाई ३-१ अन्तरले पराजित गर्दै नाईजेरियाले अफ्रिका कप अफ नेसन्समा लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा जितसँगै समूह ‘डी’ मा नाईजेरियाले लगातार दोस्रो निकालेको हो र शीर्षस्थानमा रहेको छ । 

    images

    यता, अर्काे खेलमा मोहम्मद सलाहको निर्णायक गोलमा इजिप्टले गिनीलाई १-० ले पराजित गर्‍यो । जितसँगै इजिप्ट दोस्रो स्थानमा उक्लिएको छ । 

    समूह डी मा नाईजेरिया सत प्रतिशत जितसहित ६ अंक बनाएर शीर्षस्थानमा छ । २ खेलबाट ३ अंक बनाएको इजिप्ट दोस्रो स्थानमा रहँदा समान १ अंकका गिनी र सुडान क्रमशः तेस्रो र चौथो स्थानमा छन् । 
     

    images