माघ २ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत नवौं चरणको लागि आज तय भएको नेपाल पुलिस फुटबल क्लब र च्यासल युथ क्लबबीचको खेल स्थगित भएको हो । एन्फाले यसअघि सार्वजनिक गरेको खेल तालिका अनुसार आज आइतबार साझा ४:४५ बजेको लागि खेल तय भएको थियो । च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण भए पछि एन्फाको लिग कमिटीले मेडिकल कमिटीको सल्लाहमा खेल स्थगित गर्ने निर्णय गरेको हो । खेलको नयाँ मिति छिट्टै तय हुने एन्फाले बताएको छ ।
च्यासलले पछिल्लो समय पोखरामा गएर मनाङ मस्र्याङ्दीसँग खेलेर फर्किएपछि खेलाडीहरुमा कोरोना संक्रमण देखिएको थियो । पुलिसले ८ खेलमा ७ अंक जोड्दै तालिकाको ११ औं स्थानमा रहेको छ भने च्यासल भने रेलिगेशन जोनमा रहेको छ ।

