आइतबार, भाद्र २८ गते २०८३
images

ब्रिगेड ब्वाइजमाथि मछिन्द्रको सहज जित , शीर्ष स्थानमा चार अंकको अग्रता

एक्सप्रेस पाना
माघ २, २०७८ आइतबार
  • 211
    SHARES
  • ब्रिगेड ब्वाइजमाथि मछिन्द्रको सहज जित , शीर्ष स्थानमा चार अंकको अग्रता

    माघ २ काठमाडौं । स्ट्राइकर विमल घर्ती मगरको दुई गोलप्रेरित मछिन्द्र क्लबले आइतबार ब्रिगेड ब्वाइज क्लबलाई ४-० ले पराजित गर्दै जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ ।

    images

    मछिन्द्र नौ खेलमा २३ अंकसहित शीर्ष स्थानमा छ । जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको मनाङ मर्स्याङ्दीभन्दा चार अंक बढी हो । 

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६औं मिनेटमा विमलले गोल गरी मछिन्द्रले १-० अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि विमलले मछिन्द्रको अग्रता दोब्बर पारेका थिए । ब्रिगेड ब्वाइज भने नौ खेलमा ६ अंकसहित १२औं स्थानमा छ । 

    images

    यसअघि नवौ मिनेटमा ब्रिगेड ब्वाइजका अनिल गुरुङले गरेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए ।  १५औं मिनेटमा रञ्जित धिमालको कर्नरमा देवेन्द्र तामाङले गरेको हेडर बाहिरिँदा मछिन्द्रले खेलमा अघि बढ्ने अवसर गुमाएको थियो ।

    २६औं मिनेटमा रञ्जितको कर्नरमा कप्तान सुजल श्रेष्ठले गरेको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपर गुरप्रित सिंहले बचाए । त्यसको तीन मिनेटपछि रञ्जितको क्रसमा नुर्लान नोब्रुजोबको हेडर बाहिरिँदा मछिन्द्रले अग्रता दिने अर्कोे अवसर गुमायो । ४४औं मिनेटमा सुनिल बलले गरेको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपर गुरप्रित सिंहले पञ्च गर्दै टोलीको संकट टारेका थिए ।

    च्यासल युथ क्लबका नौ खेलाडीमा कोभिड संक्रमण पुष्टि भएपछि आइतबार नेपाल पुलिसविरुद्ध तय खेल भने स्थिगित भएको छ । आज बेलुकी तय नेपाल पुलिस र च्यासल युथ क्लबबीचको खेल स्थगित भएको हो ।