आइतबार, भाद्र २८ गते २०८३
images

रियललाई सुपर कपको उपाधि

एक्सप्रेस पाना
माघ ३, २०७८ सोमबार
  • 362
    SHARES
  • रियललाई सुपर कपको उपाधि

    एजेन्सी । रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति साउदी अरवियाको रियादमा भएको फाइनल खेलमा एथ्लेटिको क्लबलाई २-० ले पराजित गर्दै रियलले १२औँ पटक सुपर कपको उपाधि हात पारेको हो । 

    images

    १० खेलाडीमा सीमित रियलको जितमा लुका मोड्रिक र करिम बेन्जेमाले १-१ गोल गरे । रोड्रिगोको पास सदुपयोग गर्दै लुका मोड्रिकले खेलको ३८औँ मिनेटमा रियललाई अग्रता दिलाए । ५२औँ मिनेटमा पाएको पेनाल्टी सदूपयोग गर्दै बेन्जेमाले २-० ले टोलीलाई अग्रता बनाए । 

    खेलको ८७ मिनेटमा रियल १० खेलाडीमा समेटियो । इडर मिलिटाओले सिधै रातो कार्डको सामना गरे । त्यसको एक मिनेटपछि नै पाएको पेनाल्टी एथ्लेटिकोले सदुपयोग गर्न सकेन । राउल गार्सियाले पाएको पेनाल्टी सदूपयोग गर्न नसक्दा एथ्लेटिको गोलविहीन बन्यो । 

    images