आइतबार, भाद्र २८ गते २०८३
images

एन्फा र साफबीच फुटबल विकास सम्बन्धि सम्झौतामा हस्ताक्षर

एक्सप्रेस पाना
माघ ३, २०७८ सोमबार
  • 207
    SHARES
  • एन्फा र साफबीच  फुटबल विकास सम्बन्धि सम्झौतामा हस्ताक्षर

    माघ ३ काठमाडौं । अखिल नेपाल फुटबल (एन्फा) र साउदी अरेबिया फुटबल महासंघ (साफ)बीच फुटबल विकास सम्बन्धि विभिन्न पक्षमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    images

    एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफ अध्यक्ष यासेर अलमिसेहालले आइतबार साउदी अरेबियामा भएको समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

    सम्झौता अनुसार दुवै पक्षले फुटबल खेलकुदको भ्रमणको निम्तो वा आयोजना गर्नेछन् । दुई टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र विभिन्न उमेर समूहका टोली यु-१७, यु-२०, यु-२३ को प्रशिक्षण शिविर पनि हुनेछ ।

    images

    एन्फा र साफले दुवै देशमा आयोजना हुने प्रतियोगिताका लागि रेफ्री विकास, रेफ्री शिक्षा, भीएआर सीप र रेफ्री नियुक्तिसम्बन्धी आदानप्रदान कार्यक्रमहरू पनि सञ्चालन गर्नेछन् ।

    युवा फुटबलको विकासमा विशेषज्ञता स्रोत साझेदारीलाई समर्थन र प्रोत्साहन गर्न विभिन्न कार्यशाला, बैठक र सेमिनारहरू पनि सञ्चालन गरिने एन्फाले बताएको छ ।

    एन्फा अध्यक्ष शेर्पा हाल साउदी अरबको भ्रमणमा छन् । उनले शनिबार एएफसीका महासचिव डाटो विन्डसर जोन र उपमहासचिव वाहिद कर्दनीसँग भेट गरेका थिए । बैठकले एन्फाका लागि प्राविधिक सहयोग कोष पुनः सञ्चालन गर्ने सहमति गरेको छ ।