माघ ३ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत आज सोमबार नवौं चरणको अन्तिम खेलमा न्युरोड टिम एनआरटीले जावलाखेल युथ क्लबको सामना गर्दाैछ ।
आज हुने उक्त खेल दिउँसो १ बजेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । जारी सिजन ८ खेलबाट १० अंक बनाएको एनआरटी आठौं स्थानमा रहेको छ । त्यस्तै समान खेलबाट ८ अंक बनाएको जावलाखेल १०औं स्थानमा रहेको छ । आजको खेलमा दुबै टोली सहज जित निकाल्दै अंक तालिकामा सुधार गर्ने योजनामा रहेका छन् ।
जारी सिजन ९ खेलबाट २३ अंक बनाएको मछिन्द्र शिर्ष स्थानमा रहेको छ । त्यस्तै समान खेलबाट १९ बनाएको मनाङ मर्स्याङ्दी दोस्रो , १७ अंक बनाएको आर्मी तेस्रो तथा १६ अंक बनाएको थ्री स्टार चौथो स्थानमा रहेको छ । भने हिजो आइतबार दिउँसो ४:४५ को लागि तय भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल स्थगित भएको थियो ।


